Friday, July 29, 2011

त्यो ठिटो


दुम्सीका काँढाझैँ

कपाल ठाडो ठाडो पारेको 
कानमा बडेमानका कुण्डल झुन्ड्याएको
पाखुरामा लेडी गागाको ट्याटु खोपेको
फाटेको जिन्स लगाएको
उचाल्नै गार्हो हुने जस्ता बुट कसेको 
आकाश छेडौंला जस्तो गरी
चाक माथि फर्केको मोटरबाइकमा
टोल थर्काउंदै
दायाँ-बायाँ सबैलाई त्राही त्राही पार्दै
झण्डै-झण्डै स्ट्ण्टको शैलीमा बत्तिएको 
त्यो उज्यालो अनुहार
अनी
चम्किला आँखा
भएको ठिटो:
                 कहाँ पुग्छु भनेर घुइंकिएको होला बिचरो ?