Wednesday, July 6, 2011

बादल


शुरुमा
 
शान्त पहाड झैँ देखियो 
मैले नियालिरहें
बिस्तारै उसले आकार परिवर्तन गर्यो
 हिमाल झैँ चूलियो
उसको रङग  फेरियो
 निकै माथि पुग्यो
रङ कालो भयो
आकार ठम्याउनै नसकिने भयो
अनी
एकाएक 
 बर्षन थाल्यो
बादल
मेरो  मन !