Monday, June 6, 2011

कुर्ची



सिकर्मीले कुर्ची बनायो,

त्यो कुर्ची उसका लागि बनेको थिएन, बसेन -

भरियाले कुर्ची बोकेर ठाउँसम्म पुर्‍यायो,
 
त्यो कुर्ची उसका लागि पनि बनेको थिएन


पनि बसेन -

तर, जसका लागि त्यो कुर्ची बनेको थियो

पनि त्यो कुर्चीमा बसेन-


त्यही सिकर्मी अनी त्यही भरिया माथि बस्यो !